अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारबाट एमाले हिँडेको छ, जनता एमालेमा पसेको छ : अध्यक्ष ओली

सरकारबाट एमाले हिँडेको छ, जनता एमालेमा पसेको छ : अध्यक्ष ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा हुनु र नहुनुको असर देश विकास र राष्ट्रियतामा पर्ने बताउनुभएको छ ।

सोमबार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले एमाले सरकारमा हुनु र नहुनुको प्रभाव विकास, समृद्धि र राष्ट्रियतामा पर्ने भए पनि त्यसको प्रभाव जनतामा नपर्ने बताउनुभयो ।

एमाले सरकारमा नहुँदा पनि एमाले प्रतिको जनताको मोह नघटेको उहाँले बताउनुभयो । एमाले सरकारबाट बाहिरिए पनि जनलहर बढेको ओलीले दाबी गर्नुभयो । ‘सरकारबाट एमाले हिँडेको छ, जनता एमालेमा पसेको छ’, ओलीले भन्नुभयो ।

एमालेमा आउने कसैले पनि पश्चाताप गर्नु नपर्ने उहाँले प्रष्ट पार्नुभयो । देश र जनताको लागि सक्रिय जीवन बिताउने थलो एमाले भएको उहाँले बताउनुभयो । ‘नेकपा एमालेले तपाईँहरुलाई दुरुपयोग गर्दैन, तपाईँको पसिना सही ठाउँमा प्रयोग हुन्छ’, उहाँले भन्नुभयो ।

एमालेले गलत कुरा बोकेर नहिँड्ने ओलीले बताउनुभयो । एमालेमा आउनेहरु सत्यको बाटोमा हिँड्न पाउने ओलीको भनाइ छ ।