काठमाडौं– काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे तथ्यमा रहेर हुने बहसको पक्षमा रहेको बताएको छ ।
सरकारले एमसीसीबारे नकारात्मक टिप्पणी नगर्न सचेत गराइरहेका बेला अमेरिकी दूतावासले भने आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको र एमसीसीबारे पनि तथ्यमा आधारित भएर हुने बहसलाई स्वागत गर्ने बताएको हो ।
‘लोकतन्त्रमा आफ्नो विचार शान्तिपूर्ण ढंगले व्यक्त गर्ने अधिकार हुन्छ,’ दूतावासले आज साँझ ट्वीट गर्दै भनेको छ ।





प्रतिक्रिया