काठमाडौं– आज बुवाको मुख हेर्ने दिन। यस अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।
बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवासमा पनि नजिकका आफन्तजनले बुवाको मुख हेर्ने दिन मनाएका छन् । अध्यक्ष ओलीलाई ‘बुवा’ ‘बा’ भन्ने युवा पंक्ति ठूलो छ ।
कोभिड जोखिमका कारण सीमित मात्रै बुवाको मुख हेर्ने दिन बालकोट जानुभएको छ ।
प्रतिक्रिया