अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली पोखरामा, जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

एमाले अध्यक्ष ओली पोखरामा, जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्ने


काठमाडौं– पार्टी विभाजनपछि कार्यकर्तामा उत्साह भर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरामा जाँदैहुनुुुहुन्छ । केहीबेरपछि पोखराको सभागृहमा आयोजना हुने पार्टी जिल्ला कार्यकर्ताको भेलामा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य खगराज अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार माधव नेपालले भ्रम फिँजाएर केही कार्यकर्ता पछि लगाए पनि आजको कार्यक्रममपछि धेरै मानिसहरु एमाले मै फर्कने अनुमान छ । ‘माधव नेपालले पार्टीको सानो समूह लिएर बाहिरिनु पर्ने कारण, आफ्नो नेतृत्वको सरकारले गरेका काम र अन्य समसामयिक बिषयमा अध्यक्ष ओलीले जिल्ला कार्यकर्तालाई प्रष्ट पार्नुहुन्छ,’ अधिकारीले भन्नुभयो ।

जिल्ला भेला पछि माउण्ट कैलाश होटलमा पर्यटन व्यावशायीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ ।