काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेकपा एमालेका अध्यक्ष ओलीले दायर गर्नुभएको रिटमा निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई झिकाउन आदेश दिएको हो । सर्वोच्चले भदौ २८ मा दुवै पक्षलाई बोलाएको छ ।
निर्वाचन आयोग विरुद्धको रिट निवेदनमा वदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै अन्तरिम आदेश माग गरिएको छ ।





प्रतिक्रिया