काठमाडौं– पहिलो मैत्रीपूर्ण एकदिवसीय म्याचमा पपुवा न्यूगिनी (पीएनजीले नेपाललाई १ सय ३५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको पीएनजी ३३ ओभरमा १ सय ३४ रनमै अलआउट भयो ।
उसका लागि लेगा सियाकाले ३०, चार्ल्स अमिनीले २३, गौडी टोकले २२, विकेटकीपर किल्पिन डोरिगाले १५, ससेस बउले १४ र चाड सोपरले अविजित १७ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ३५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए ।
उनले ससेस बउ, चार्ल्स अमिनी, जसन कायल र नौसना पोकानालाई आउट गरे । कुशल मल्ल, विक्रम सोबले दुई/दुई र सोमपाल कामीले एक विकेट हात पारे ।
प्रतिक्रिया