पोखरा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूह एमाले समाप्त पार्ने अभियान चलिरहेको बताउनुभएको छ ।
आज पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलस्ले स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको बताउनुभयो । ‘कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्यूँसो,’ उहाँले भन्नुभयो ।
हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको अध्यक्ष ओलीले बताउनुभयो ।
‘थुप्रै नेताहरू जाउँ कता जाउँ भनेर बसेको बेला युवा, विद्यार्थी साथीहरू मसाल बोकेर निस्किनुभयो । एमाले कब्जा हुँदैन भनेर उठ्नुभयो,’ उहाँले भन्नुभयो ।





प्रतिक्रिया