अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा सरकारले राष्ट्रियता जोगाउन सकेन : अध्यक्ष ओली

देउवा सरकारले राष्ट्रियता जोगाउन सकेन : अध्यक्ष ओली


पोखरा– प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकार राष्ट्रियता जोगाउनबाट चुकेको आरोप लगाउनुभएको छ ।

पोखरामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेपालको भूमिमाथि बिनाअनुमति भारतीय हेलिकोप्टर उडाइएको विषयमा मौन बसेको आरोप लगाउनुभयो ।

‘नेपालको आकाशमा भारतीय हेलिकोप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन,’ओलीले भन्नुभयो । उहाँले सरकार बेपत्ता जयसिंह धामीको परिवारलाई न्याय दिनबाट पनि सरकार चुकेको बताउनुभयो ।

अध्यक्ष ओलीले अफगानिस्तानबाट नेपाली उद्धार गर्न पनि सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाउनुभयो । ‘अफगानिस्तानबाट नेपालीको उद्धार गर्नुपर्दैन? तालिवानलाई फोन सम्पर्क गर्नुपर्दैन?,’ ओलीले प्रश्न गर्नुभयो ।