अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई ओलीको प्रश्न : सरकारले किन तालिवानसँग फोन गरेन?

देउवालाई ओलीको प्रश्न : सरकारले किन तालिवानसँग फोन गरेन?


पोखरा– एमाले अध्यक्ष केपी ओलीले अफगानिस्तानमा असुरक्षित रहेका आफ्ना नागरिकलाई उद्धार गर्न वर्तमान सरकारले नसकेको बताउनुभएको छ ।

आज पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले महिना दिन भइसक्दा पनि सरकारले असुरक्षित रहेका नेपालीलाई उद्धार गर्न नसकेको बताउनुभएको हो ।

आफ्ना नागरिकलाई उद्धार गर्न अफगान विद्रोही तालिवानसँग सम्पर्क गरेर विमान पठाउनुपर्नेमा सरकार जिम्मेवार नबनेको उहाँको आरोप थियो ।

‘अफगानिस्तानमा नेपालीको जीवन असुरक्षित छ । महिनौँ दिन भइसक्यो । तालिवानसँग फोन गरेर जहाज पठाउनुपर्थ्यो नि । तर, तालिवान घरमै आएर गालामा हान्लाजस्तो गरेर सरकार डराएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।