अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एउटै नेतालाई तेहेरो जिम्मेवारी दिएपछि माओवादीमा असन्तुष्टि (विज्ञप्तिसहित)

एउटै नेतालाई तेहेरो जिम्मेवारी दिएपछि माओवादीमा असन्तुष्टि (विज्ञप्तिसहित)


विराटनगर– नेकपा माओवादी केन्द्र प्रदेश १ को कार्यविभाजनप्रति नेताहरूले आपत्ति जनाएका छन् । भदौ २० गते प्रदेश कार्यालयले गरेको कार्यविभजनमा आफूहरूको असहमति रहको भन्दै नेताहरूले विज्ञप्ति निकालेर आफूलाई दिइएको पदको अस्विकार गरेका छन् ।

संविधानसभा सदस्य तथा प्रदेश कमिटी सदस्य मोहनबहादुर खत्री र भीमबहादुर अधिकारी । पार्टीले खत्री र अधिकारीलाई उदयपुरको सह-इन्चार्जको जिम्मेवारी दिएको थियो । मणि खुम्बुले समग्र कार्य विभाजनमै असन्तुष्टि व्यक्त गरेर विज्ञप्ति जारी गरेको छ ।

उहाँहरूले कार्यविभाजन गर्दा आफुहरूसँग पार्टीले कुनै परामर्श नगरेको, माओवादीको स्थायी कमिटी बैठकले भदौ ६ गते जारी गरेको परिपत्रले एउटै व्यक्तिलाई दोहोरो, तेहोरो जिम्मेवारी प्रदान गरेकोले यस निर्णयप्रति आफूहरूको गम्भीर असहमति रहेको उल्लेख गर्नुभएको छ । तीनै जना उदयपुरका नेता हुन् ।