अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका दुई मन्त्री एमालेमै रहने, आजै राजीनामा दिने सम्भावना

सुदूरपश्चिमका दुई मन्त्री एमालेमै रहने, आजै राजीनामा दिने सम्भावना


कैलाली– सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिनुहुने भएको छ ।

स्रोतका अनुसार नेकपा एमाले सांसदीय दलका नेतासमेत रहनुभएका मन्त्री शाहले एमाले विभाजनपछि एमालेमै रहने भन्दै राजीनामा दिन लाग्नुभएको हो । राज्यमन्त्री गहतराजले पनि एमालेमा रहेने भन्दै मुख्यमन्त्रीलाई राजीनामा दिन लाग्नुभएको बताइएको छ ।

विगतमा शाह र गहतराज दुवै माधव नेपालको समूहमा हुनुहुन्थ्यो । तर, दल विभाजन भएपछि भने उहाँहरूले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिनुभएको हो ।

एमालेले केन्द्रीय कमिटीले यसअघि नै सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको थियो ।