काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा र उपसंयोजकमा धिरज सेर्पाली चयन हुनुभएको छ ।
वाईसीएलको भेलाले २३५ सदस्यीय केन्द्रीय समिति चयन गरे पनि संयोजक चयन गर्न सकेको थिएन । संयोजकमा देवकोटा र सेर्पालीले दावी गर्नुभएको थियो ।
वाईसीएलले सहमति जुटाउन नसकेपछि नेतृत्व छान्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।





प्रतिक्रिया