अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देशभर १६७७ जनामा कोरोना पुष्टि, २१ संक्रमितको मृत्यु

आज देशभर १६७७ जनामा कोरोना पुष्टि, २१ संक्रमितको मृत्यु


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १६७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २०७२ जनामा कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७२ हजार १८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८५ हजार ७१३ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ३१ हजार जना निको भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा २१ जनाको कोरोनाबाट निधन हुँदा मृतकको कुल संख्या मंगलबारसम्म १० हजार ८७९ पुगेको छ ।

हाल देशभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १५४ जना भेन्टिलेटरमा रहेका छन् भने ५१४ जना आईसीयूमा रहेका छन् ।