धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले मंगलबार पदबाट राजीनामा दिनुभएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिनुभएको हो ।
दुवै जना एमालेबाट सरकारमा सहभागी हुनुभएको थियो । शाह एमाले संसदीय दलका नेतासमेत हुनुहुन्छ । माधवकुमार नेपाल समूहमा रहनुभएका शाह र गहतराज एमालेमै रहनुभएको छ ।
तत्कालीन एमालेबाट दुई राज्यमन्त्रीसहित सात जना सरकारमा सहभागी थिए । तर, माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि दुई जनाले राजीनामा दिनुभएको हो । पाँच जनाले नेकपा (एस) रोजेका छन् र उनीहरू सरकारमै रहेका छन् ।





प्रतिक्रिया