अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलायतमा कोरोना संक्रमितको संख्या ७० लाख पुग्यो

बेलायतमा कोरोना संक्रमितको संख्या ७० लाख पुग्यो


लन्डन- बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिको सङ्ख्या मङ्गलबार ७० लाख पुगेको हो ।

बेलायतमा हिजोमात्र एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका थिए । यहाँ केही दिनयता भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ । यसैगरी गएको २४ घन्टामा ४१ हजार नयाँ सङ्क्रमित थपिएको पनि पाइएको जनाइएको छ ।

हालैका दिनहरुमा कोरोनाकै कारण निधन हुने व्यक्तिको सङ्ख्या पनि बढ्दै गएको पाइएको बताइएको छ । भाइरसबाट एक लाख ३३ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

बेलायतमा पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।