अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक भोलि, राजनीति दलसम्बन्धी अध्यादेश पेस हुने

प्रतिनिधिसभा बैठक भोलि, राजनीति दलसम्बन्धी अध्यादेश पेस हुने


काठमाडौं– संघीय संसदको नवौँ अधिवेशन बुधबारबाट सुरू हुँदैछ । मंगलबार प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

जसमा संसदको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाउनेदेखि गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस गर्ने उल्लेख छ ।

यस्तै, सोही बैठकमा विभिन्न अध्यादेश अस्वीकार गरियोस् भन्दै प्रस्ताव पेस हुने भएका छन् । र अन्तमा शोक प्रस्ताव पेस हुने सार्वजनिक सम्भाविक कार्यसूचीमा उल्लेख छ ।