अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सांसदलाई देउवाको निर्देशन : एमसीसीबारे बुझेर मात्र बोल्नू

कांग्रेस सांसदलाई देउवाको निर्देशन : एमसीसीबारे बुझेर मात्र बोल्नू


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे नबुझी नबोल्न आफ्ना सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सभापतिसमेत रहनुभएका देउवाले बुझेकालाई बोल्न र नबुझेकालाई नबोल्न निर्देशन दिनुभएको हो ।

‘अघिल्ला सरकारहरूले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएका थिए,’ उहाँले भन्नुभयो, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि सर्तहरू हुन्छन् । एमसीसीबारे बुझेका सांसदहरू बोल्नूस, नबुझेका सांसदहरू नबोल्नूस् ।’