अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको जिल्ला झापामा ‘हाइ प्रोफाइल’ कसैले छोडेनन् एमाले

एमाले अध्यक्ष ओलीको जिल्ला झापामा ‘हाइ प्रोफाइल’ कसैले छोडेनन् एमाले


झापा -नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा कोही हाइ प्रोफाइल पनि विभाजनको पक्षमा लागेनन् । फुटेको पार्टीमा जनप्रतिनिधीको सानो संख्या त्यो पनि कनिष्टहरु मात्र लागेका छन् । एमालेबाट निर्वाचित मध्ये एक वडा अध्यक्ष सहित ७ जना वडा सदस्यहरुले मात्र नेकपा समाजवादी रोजेका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार एक वडाअध्यक्ष सहित ७ जना एमाले जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यलयका प्रमुख तुलसी नेपालका अनुसार समाजवादीमा सनाखत गर्नेहरूमा जिल्ला समन्वय समिति झापाका सदस्य पदम लिम्बु, झापा गाउँपालिका वडा सदस्य इश्वरी दाहाल, शिवसताक्षी वडा नम्बर ७ का वडाअध्यक्ष नविन इजम, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा वडा नम्बर ६ का वडा सदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका ३ का वडासदस्य होम दुलाल र भद्रपुर नगरपालिका ९ का वडा सदस्य कुन्जा रुचाल छन्।
संघीय,प्रदेश साँसद देखि मेयर उपमेयर कसैको रोजाइमा पनि नेकपा(एस) नपरेको एमाले झापाका अध्यक्ष चिन्तन पाठक बताउनुहुन्छ । कोही हाइ प्रोफाइल ले एमाले छोड्नन पाठकले भन्नुभयो ।