अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदको दशौं अधिवेशन आज देखि,मुल मुद्धा एमसीसी पास गराउने

संसदको दशौं अधिवेशन आज देखि,मुल मुद्धा एमसीसी पास गराउने


काठमाडौं -संघीय संसदको दुवै सदनको दशौं अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको छ।
सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् ।

गत साउन ३२ गते सदनको नवौं अधिवेशनको अन्त्य भएको थियो । सरकारले संसद अधिवेशन अन्त्य गरी राजनीतिक दल विभाजनका लागि सहज हुने अध्यादेश जारी गरेको भन्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमलेले विरोध गरेको थियो । संसदको यस अधिवेशनमा सरकारले एमसीसी पास गराउने संसदमा पेश गर्ने तयारी गरेको छ ।