अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आठ जिल्लामा समाजवादीका जनप्रतिनिधी निल !

आठ जिल्लामा समाजवादीका जनप्रतिनिधी निल !


काठमाडौं -नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकिकृत (समाजवादी) मा आठ वटा जिल्लाबाट एकजना पनि स्थानीय तहका जनप्रतिनिधी गएनन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार गुल्मी,लमजुङ,मनाङ,मुस्ताङ,नवलपुर,नुवाकोट,सोलुखुम्बू र रसुवामा समाजवादीमा एकजना पनि जनप्रतिनधीले सनाखत गरेनन् । एमाले छोडेर समाजवादीमा सनाखत गर्ने अन्तिम म्याद हिजोसम्मलाई दिइएको थियो ।

कुन प्रदेशमा कुन संख्यामा जनप्रतिनिधीहरु समाजवादीतिर लागेका छन् भनेर पार्टीले आधिकारिक तथ्यांक संकलन गरिरहेको छ ।
प्रदेश नं १ मा जम्मा ५.२६ प्रतिशत समाजवादीतिर लागेका छन् ।