अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद भवनमा प्रवेश गर्न पत्रकारलाई रोकिने

संसद भवनमा प्रवेश गर्न पत्रकारलाई रोकिने


काठमाडौं– सरकारले संसद बैठकको भौतिक उपस्थितिमा रिर्पोटिङ गर्न पत्रकारहरूलाई रोक लगाउने भएको छ ।

कोरोना संक्रमणलाई कारण देखाएर प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभएको छ ।

संसद् सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने पाण्डेले बताउनुभयो । पत्रकार कक्षमा लाईभ स्ट्रिमिङ गर्नका लागि मात्र केही व्यक्तिलाइ प्रवेश दिने पाण्डेको भनाइ छ । आज अपराह्न ४ बजे प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दैछ ।

संसद् सचिवालयले युट्युबमार्फत संसद् बैठकको प्रत्यक्ष प्रशारण गर्दै आएको छ । यसअघि भने संसद् भवनको मिडिया सेन्टरमा भौतिक रूपमा उपस्थिति भएर पत्रकारले रिपोर्टिङ गर्दै आएका थिए ।