अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी विघटन गर्ने प्रचण्डको तेस्रो प्रस्ताव

माओवादी विघटन गर्ने प्रचण्डको तेस्रो प्रस्ताव


काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी पार्टी विघटन गर्ने प्रस्ताव फेरी दोहोर्याउनु भएको छ । माओवादी नेकपा एमाले जस्तै ‘विचार शून्य’ हुने हो भने पार्टी नै विघटन गर्ने प्रस्ताव गर्नुभएको हो ।

सहिद सुरेश वाग्लेको २३औं स्मृति दिवसमा आज बिहान बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका नेता पनि क्रान्तिका लागि भन्दा पनि पद, प्रतिष्ठा र पैसातर्फ बढी केन्द्रित भएको टिप्पणी गर्नु भएको छ । ‘हामी पनि त्यस्तै हुन्छौं कि भनेर डर लागिरहेको छ। बिस्तारै हाम्रो पनि लोगो मात्रै बाँकी होला भन्ने डर छ,’ प्रचण्डले भन्नुभयो, ‘हामी पनि त्यस्तै हुने हो भने पार्टी किन चाहियो भन्ने प्रश्न उठेको छ। एमालेजस्तै हुने हो भने त यो पार्टीको अवाश्यकता के रहयो र बरु यस्तो पार्टीलाई विघटन गर्दा राम्रो होला।’यस अघि दुई पटक प्रचण्डले माओवादी विघटन गर्ने प्रस्ताव गर्नुभएको थियो ।