अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख एमाले सिध्याउन खोज्नेको मतियार बन्नुभयो : ओली

सभामुख एमाले सिध्याउन खोज्नेको मतियार बन्नुभयो : ओली


काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि एमाले सिध्याउन खाेज्नेकाे आरोप लगाउनुभएको छ ।

एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले सभामुख सापकाेटा एमाले सिध्याउन खाेज्नेहरूको मतियार बनेको बताउनुभएको हो ।

एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ ।

एमालेले कारबाही गरिसकेको नेताहरूलाई निर्वाचन आयोगलेसमेत सनाखत गराएको पार्टी अध्यक्षसमेत रहनुभएका ओलीले बताउनुभयो ।