अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा (एस) ८ जिल्लामा नील, छाडेनन् जनप्रतिनिधिले एमाले

नेकपा (एस) ८ जिल्लामा नील, छाडेनन् जनप्रतिनिधिले एमाले


काठमाडौं– एमाले विभाजित भई गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ८ जिल्लामा जनप्रतिनिधिविहीन भएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार २२ भदौसम्म एमाले वा नेकपा (एकीकृत समाजवादी) मध्ये एक पार्टी रोज्न दिएको समयसीमामा आठ जिल्लाका जनप्रतिनिधिले नेपाल नेतृत्वको पार्टीको पक्षमा सनाखत गर्न अस्वीकार गरेका छन् ।

एमाले प्रचार विभागका सदस्य सूर्य थापाका अनुसार गुल्मी, लमजुङ, मनाङ, मुस्ताङ, नवलपुर, नुवाकोट, सोलुखुम्बु र रसुवा गरी ८ जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले एमाले छाडेका छैनन् ।

अन्य जिल्लाका नेताहरूले एमाले छाडे पनि ८ जिल्लाका प्रतिनिधिले नछाड्दा नेकपा (एस) शून्यमा पुगेको हो । –न्युज कारखाना