अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालहरू उपस्थित भए संसद् अवरुद्ध गर्ने एमालेको निर्णय

माधव नेपालहरू उपस्थित भए संसद् अवरुद्ध गर्ने एमालेको निर्णय


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् चल्न नदिने भएको छ । आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसद् चल्न नदिने निर्णय गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने बताउनुभयो । ‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता गर्ने हुनाले त्यहाँ पुग्ने स्थिति छैन । गैरसांसद उपस्थित भएर संसद् चल्न सक्दैन । त्यसो हो भने हामी पहिलेका सांसदहरू ल्याउछौँ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष रूपमा भूमिका नखेलेको पनि आरोप लगाउनुभयो । ‘जो एमाले सिध्याउन खोजिराख्या छ भने सभामुखको निष्पक्षता कसरी हुन्छ । सभामुख गठबन्धनको पक्षधरमा देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो । तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने स्थिति रहेन,’ ओलीले भन्नुभयो ।

सभामुख संसद्को नियमावलीविरोधी र संसदीय मूल्यमान्यता विरोधी रहेको भन्दै उहाँले अगाडि भन्नुभयो, ‘हामीले कारबाही गरेकाको लोगो किन खोस्दैनन् सभामुखले? यिनीहरू गैरसांसद् रहिन्जेल संसद् चल्दैन ।’