बुटवल– नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताउनुभएको छ । सरकारले एमसिसीको प्रस्ताव संसद्मा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपाल, रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पौडेलले एमालेले राष्ट्रको हितलाई केन्द्रमा राखेर र जनताको चाहनाअनुसार निर्णय गर्ने बताउनुभयो । एमसिसीका विषयमा सत्ता गठबन्धनका सहभागी दल नै एकमत नरहेको उहाँको भनाइ थियो । एमाले विभाजन नभई सर्पले झैँ काँचुली मात्र फेरेर पार्टीमा नयाँ जीवनको सुरुआत भएको पौडेलले सुनाउनुभयो ।
पार्टी विभाजन विचार र दर्शनका आधारमा नभई लोभ तथा अवसरका लागि भएको पौडेलले आरोप लगाउनुभयो । सरकारले एमाले विभाजनका लागि ल्याएको अध्यादेश कुनै पनि हालतमा संसद्बाट पारित हुन नसक्ने उहाँको भनाइ थियो ।
पार्टीको लुम्बिनी प्रदेशको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको कुनै असर नपरेको बताउनुभयो । प्रदेश कमिटी बैठकले पार्टी एकीकरणका लागि कार्यदलले तयार गरेको १० बुँदे सम्झौतालाई सकारात्मकरुपमा लिएर रचनात्मकरूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
दश बुँदेअनुसार प्रदेश र जिल्लामा नेतृत्व
बैठकले एमाले प्रदेश कमिटीको अध्यक्षमा लीला गिरी, उपाध्यक्षमा खेमबहादुर खड्का, सचिवमा भूमिश्वर ढकाल, उपसचिवमा दुर्गा थारू र प्रदेश कार्यालय सचिवमा बलराम अधिकारीलाई चयन गरेको छ ।
यस्तै १० बुँदे कार्यान्वयनअन्तर्गत प्रदेशका १२ वटै जिल्लामा नेतृत्व चयन गरिएको छ । बर्दिया अध्यक्षमा लालबहादुर श्रेष्ठ, उपाध्यक्षमा शालिकराम अधिकारी, सचिवमा पदम ढकाल र सहसचिवमा नुतन चौधरी चयन हुनुभएको छ । बाँके अध्यक्षमा निरक गुरुङ, उपाध्यक्षमा किस्मत कक्षपती, सचिवमा रत्न खत्री, सहसचिवमा प्रमोद धिताल, दाङको जिल्ला अध्यक्षमा टीकाराम खड्का, उपाध्यक्षमा हुकम बस्नेत, सचिवमा मनोहर बुढाथोकी र सहसचिवमा कृष्ण भुसाललाई चयन गरिएको छ ।





प्रतिक्रिया