अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमै फर्किनुभयो निर्मला सुनार, झुक्याएर समाजवादीमा सनाखत गराएको दाबी

एमालेमै फर्किनुभयो निर्मला सुनार, झुक्याएर समाजवादीमा सनाखत गराएको दाबी


कपिलवस्तु– नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्ने जिल्लाकी एक्लो जनप्रतिनिधि निर्मला सुनार एमालेमै फर्किनुभएको छ ।

मंगलबार जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा (एस) मा सनाखत गर्नुभएकी निर्मलाले आफू बजार गएको बेला मौका छोपेर निर्वाचन कार्यालयमा पुर्‍याई जबरजस्ती सनाखत गराएको आरोप लगाउनुभएको छ ।

आज विज्ञप्ति जारी गर्दै शिवराज नगरपालिकाका कार्यपालिका सदस्य निर्मलाले आफ्नो काममा तौलिहवा गएका बेला निर्वाचन कार्यालयमा काम छ भनी लगेको र परिबन्दमा पारेर केही कागजातमा हस्ताक्षर गराएको उल्लेख गर्नुभएको छ ।

‘हिजो तौलिहवा कामको सिलसिलामा गएको थिए । दुई तीन जना साथीहरूले निर्वाचन आयोगमा जाम भनेर लगेर सनाखत गराउनु भयो । ५ बजे घर फर्किएपछि समाजवादीमा गएको हो भनेर फोन आयो । मिडिया र फेसबुकमा हेरे । म एमाले मै बस्छु,’ सुनारले उल्लेख गर्नुभएको छ ।

सुनारले मंगलबार नेकपा (एस) रोजेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताउनुभयो ।

यसैगरी शिवराज नगरपालिका–१० का अध्यक्ष मञ्जु मिश्रले जसपा छाडेर लोसपामा सनाखत गर्नुभएको छ । जनता समाजवादी पार्टीबाट उप निर्वाचनबाट विजयी भहुनुभएकी मिश्राका श्रीमान् महन्त ठाकुरतर्फ लागेपछि उहाँले पतिकै दल रोज्नुभएको हो । मिश्राका पति रवीदत्त मिश्र लोकतान्त्रिक समाजवादी पाटीका केन्द्रीय नेता हुनुहुन्छ । –न्युज कारखाना