काठमाडौं– सिंहदरबारमा सुरू भएको सत्ता गठबन्धन दलको बैठकमा मुख्यसचिव शंकरदास बैरागी पनि उपस्थित हुनु भएको छ ।
बैठकमा सहभागी हुन सिंहदरबार पुगेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताका अनुसार बैरागी अहिले बैठकस्थलमा हुनुहुन्छ ।
एमालेले आफ्नो पार्टीबाट हटाएका १४ सांसद संसद् बैठकमा प्रवेश गरे बैठक चल्न नदिने चेतावनी दिएपछि सत्ता गठबन्धन दलको बैठक सिंहदरबारमा सुरू भएको हो । ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेविरुद्धको रणनीति तय गर्न बैठक डाकेको ती नेताले बताउनुभयो ।
बैठकले अपरान्ह ४ बजे बस्ने संसद् बैठकमा कसरी प्रस्तुत हुने भनेर सामूहिक धारणा बनाउने ती नेताको भनाइ छ ।
बैठकमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस) का अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीका साथै ती दलको संसदीय दलका सचेतकहरूको समेत सहभागिता छ । –न्युज कारखाना





प्रतिक्रिया