अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखलाई एमाले प्रमुख सचेतक भट्टराईको प्रश्न : एमाले विभाजनको मतियार किन हुनुभयो?

सभामुखलाई एमाले प्रमुख सचेतक भट्टराईको प्रश्न : एमाले विभाजनको मतियार किन हुनुभयो?


काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो दल विभाजन गर्न सभामुख अग्निप्रसाद सापकोटा प्रयोग भएको आरोप लगाउनुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको आरोप लगाउनुभएको हो ।

प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान, कानुन, नियम, विधि सारा विषय उल्लंघन गरिएको बताउनुभयो । आफूले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई मान्यता नदिएको भन्दै एमाले सभामुखसँग आक्रोशित भएको हो ।

प्रमुख सचेतक भट्टराईले एमालेले कारबाही गरेका १४ सांसद उपस्थित भएसम्म संसद चल्न नदिने अडान राखेर बुधबारको बैठक अवरुद्ध गरेको छ । एमाले सांसदको नाराबाजीपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।