काठमाडौं -सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक स्थगित गरेर प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक र सचेतकसँग छलफल सुरु गर्नुभएको छ ।
सभामुखको आचरणप्रति असन्तुष्टि जनाउँदै एमालेले सदनमा विरोध जनाएपछि सभामुख सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल थाल्नुभएको हो ।
उहाँहरुबीच प्रतिनिधिसभा नियमावलीको नियम २१ को उपनियम ख र ग को बारेमा पनि छलफल भएको थियो । एमालेका सांसदहरुले नाराबाजी गर्ने क्रममा सभामुखको आलोचना गर्दा असंसदीय भाषा बोलेपछि उक्त नियम आकर्षित भएको सभामुख सापकोटाले बैठकमै सचेत गराउनुभएको थियो ।
यस्तै सत्तारुढ गठबन्धनमा रहेका दलका प्रमुख सचेतक र सचेतकहरुसँग पनि सभामुखले छुट्टै छलफल गरिरहेका छन् ।





प्रतिक्रिया