अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको प्रतिवाद गर्ने एकीकृत समाजवादीको निर्णय

एमालेको प्रतिवाद गर्ने एकीकृत समाजवादीको निर्णय


काठमाडौं– माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफूमाथि प्रश्न उठाउने प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

संघीय संसदको नवौं अधिवेशनको पहिलो प्रतिनिधिसभा बैठकमा एमालेले माधव नेपालसहित १४ सांसदमाथिको कारवाही र पार्टी विभाजनलाई लिएर अवरोध गरेर स्थगित गर्न बाध्य पारेका बेला एकीकृत समाजवादीले प्रतिवाद गर्ने भएको हो ।

एमालेको संसदीय दलको बैठकले पनि कारवाही गरिएका माधव नेपालसहित १४ सांसद संसदमा सहभागी भए बैठक चल्न नदिने निर्णय गरेको थियो ।

उक्त निर्णयमा प्रतिक्रिया जनाउँदै समाजवादीका नेता विरोध खतिवडाले सदनमै जवाफ दिने चेतावनी दिनुभयो । ‘हाम्रो बारेमा केपी ओलीले उठाएका प्रश्नबारे सभामुखसँग समय लिएर प्रतिवाद गर्ने निर्णय भएको छ,’ खतिवडाले भन्नुभयो ।

समाजवादीले संसद बैठकमा संयमित रूपमा सहभागी हुने र एमालेले निहुँ खोजे प्रतिवाद गर्ने जनाएको छ ।