काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गर्नुभएको छ । एमालेको अवरोधले नवौँ अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेट स्थगित भई दोस्रोमा पनि अवरोध भएपछि सभामुख सापकोटाले ‘म संविधान, नियम, कानुन, ऐनअनुसार अघि बढ्न तयार छु । सदन चलाउन सहयोग गर्नुस्,’ भनेर आग्रह गर्नुभएको हो ।
सापकोटाले आफूले संविधान नियम कानुनकाे बर्खिलाप केही नगरेको भन्दै संविधानले दिएको अधिकार प्रयोग गरेको स्पष्टीकरण दिनुभयो । त्यसकारण सदन सञ्चालन गर्न सहयोग गर्न पुन: अनुरोध गर्नुभयो । पहिलो बैठकमा आक्रामक रूपमा नियमावलीतर्फ ध्यानाकर्षण गराउनुभएका सभामुख सापकोटाले दोस्रो बैठकमा विनम्रताका साथ प्रस्तुत भइरहनुभएको छ ।
उहाँले फेरि अनुरोध गर्नुभयो, ‘माननीय सदस्यहरू तपाईंहरूका माग ध्यानाकर्षण भयो । अब सदन सञ्चालन गर्न दिनुस् ।’





प्रतिक्रिया