काठमाडौं– प्रतिनिधिसभाको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ । पुनः एमालेका सांसदहरूले रोष्टममा उभिएर नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आफू कानुनअनुसार बैठक चलाउन प्रतिबद्ध रहेको बताए पनि एमाले सांसदहरूको नाराबाजी रोकेनन् ।
यसअघि एमालेकै सांसदहरूको अवरोधपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।






प्रतिक्रिया