भक्तपुर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा महिला साँसदकालागि दर खाने कार्यक्रम राखिएको छ ।
साँसद बैठक लगत्तै एमालेका महिला साँसदहरु ओली निवास पुगेका थिए । त्यहाँ अध्यक्ष ओली पत्नी राधिका शाक्यले तिजको अवसरमा दर खाने कार्यक्रम आयोजना गर्नुभएको सचेतक शान्ता चौधरीले बताउनुभयो । करिब एक घण्टा बालकोटमा बसेर साँसदहरु फर्किएका थिए ।
सचेतक चौधरी,पूर्व मन्त्री डा.शिवमाया तुम्हाङफे,माया ज्ञवाली,निरु पाल,महिला आयोगकी अध्यक्ष कमला पराजुली लगायत बालकोट पुग्नुभएको थियो ।





प्रतिक्रिया