अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीको सांसद कायम गराउन माग गर्दै सर्वोच्चमा रिट

एकीकृत समाजवादीको सांसद कायम गराउन माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं– सर्वोच्च अदालतमा नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गराउन माग गर्दै रिट निवेदन दायर गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले आफूहरु एकीकृत समाजवादी पार्टीमा जान चाहेको तर निर्वाचन आयोगले सनाखत नगरेको रिट निवेदनमा छ ।

रिट निवेदनमा उक्त विवाद किनारा नलागेसम्म नेकपा (एमाले)ले गर्न सक्ने कारबाही रोक्न आदेशको माग गरिएको छ ।