अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीजको दिनको मौसम कस्तो ?

तीजको दिनको मौसम कस्तो ?


काठमाडौं -तीजको दिन विहानै काठमाडौ उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
‘उपत्यकामा भइरहेको वर्षा हल्का किसिमको हो, बीचमा रोकिए पनि अपराह्नतिर फेरि पानी पर्ने सम्भावना देखिएको प्रधानांगले जानकारी दिनुभयो । ‘आज दिनभरजसो नै मौसम गडबड नै रहने देखिन्छ, वर्षा ठूलो त हुँदैन तर हल्कादेखि मध्यसम्मको भइरहन्छ’ उहाँले भन्नुभयो ।

आज हिन्दु नारीहरूको महान् पर्व तीज पनि हो। मौसमविदको भनाइअनुसार पर्व मनाउन आज मौसमले साथ नदिने सम्भावना छ।

मौसमविद् प्रधानांगका अनुसार यतिबेला खासगरी प्रदेश १ को तराई क्षेत्रमा अलि बढी वर्षा भइरहेको छ। यसबाहेक देशका अन्य पनि विभिन्न स्थानमा मध्यमसम्म वर्षा भइरहको उहाँले बताउनुभयो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।