काठमाडौं– अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा आज काठमाडौं आउँदैछन् । कतार एयरलाइन्सको विमानबाट आज विहान सवा ९ बजे एमसीसी टोली त्रिभुवन विमानस्थलमा अवतरण हुनेछ ।
नेपालमा विवादीत भइरहेको एमसीसी परियोजनाबारे ठोष कुराकानीका लागि उनीहरु आएका हुन् । एमसीसी टोलीको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।
विमानस्थल भित्रिनेको सुरक्षा चेक निकै कडा बनाइएको छ भने बाहिरिनेमाथि पनि कडा निगरानी गरिएको छ । समाचार संकलनका लागि पुगेका सन्चारकर्मीलाई पनि भीआईपी पक्षमा प्रवेश दिइएको छैन ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक९आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०बीच मिलेनियम च्यालेञ्ज सम्झौता ९कम्प्याक्ट०मा द्विपक्षीय सम्झौता भएपछि एमसीसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । अमेरिकी सरकारका तर्फबाट एमसिसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता भएको हो ।





प्रतिक्रिया