अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज विपी जयन्ती, सुन्दरीजलबाट विश्वप्रकाशले महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्ने

आज विपी जयन्ती, सुन्दरीजलबाट विश्वप्रकाशले महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्ने


काठमाडौं -जननयाक विपी कोइरालाको जन्मजयन्तीका दिन काँग्रेस नेता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दैहुनुहुन्छ ।
भदौमा हुने काँग्रेसको चौधौं महाधिवेशनका लागि शर्माले आज दिउसो १२ बजे विपी कोइरालालाई लामो समय जेलमा राखिएको ठाउँ सुन्दरीजलबाट उम्मेद्वारी घोषणा गर्न लाग्नुभएको हो । उहाँले प्यानल नखुलाए पनि शेरबहादुर देउवको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गर्ने तयारी गर्नुभएको छ ।