अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी उपाध्यक्ष फतिमाको टोली काठमाडौंमा

एमसीसी उपाध्यक्ष फतिमाको टोली काठमाडौंमा


काठमाडौं -एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स नेपाल आइपुगेका छन् ।

आज बिहान सवा ९ बजे उनीहरु कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

एमसीसी प्रतिनिधिमण्डल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो । सुरक्षाकर्मीले पत्रकारहरूलाई विमानस्थल प्रवेश गर्न दिएका छैनन् ।

सुमार नेतृत्वको एमसीसी टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने कार्यक्रम छ ।

बुधबार अमेरिकी सहयोग परियोजना ९एमसीसी० ले नेपाल सरकारलाई जवाफी पत्र पठाएको थियो । सरकारले एमसीसीबारे उठेका ११ सवालहरूमा प्रष्ट बनाइदिन भन्दै एमसीसीलाई पत्र पठाएको थियो । एमसीसीले सोही पत्रको जवाफ स्वरुप सरकारले सोधेका प्रत्येक प्रश्नको जवाफ पठाएको छ ।

अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर नेपालले सोधेका प्रश्नहरूको जवाफसहितको पत्र अमेरिकी दूतावासमार्फत् एमसीसीले पठाएको हो ।

नेपालमा पछिल्लो समय एमसीसीको माध्यमबाट नेपालमा अमेरिकी सैनिक आउने प्रचार भैरहेको थियो । एमसीसीको पत्रले सो कुरालाई ठाडै नकारेको छ । एमसीसी सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको जवाफी पत्रमा प्रष्ट रुपमा उल्लेख छ ।

यस्तै संसदबाट एमसीसी पारित हुनुपर्ने बुँदा राख्नुको कारण परियोजना बिनाअवरोध निर्धारित समयमा कार्यान्वयन होस् भन्ने रहेको समेत उल्लेख छ ।