काठमाडौं- अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानुभएको छ ।
अध्यक्ष ओलीलाई भेट्न फतिमा नेतृत्वको टोली दिउँसो १ बजे निजी निवास बालकोट आउने सचिवालयले जनाएको छ ।
बिहान सवा ९ बजे उनीहरु कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
फतिमाले प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग भेट गर्ने कार्यक्रम छ ।





प्रतिक्रिया