अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीसँग एमसीसी उपाधक्ष्यको भेट सकियो

एमाले अध्यक्ष ओलीसँग एमसीसी उपाधक्ष्यको भेट सकियो


भक्तपुर -अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसहितको टोली र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटवार्ता सकिएको छ।
दुई पक्षबीच बिहीबार दिउँसो २ बजेदेखि करिब एक घण्टासम्म संवाद भएको हो। महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सुमारसहितको टोली सिधै बालकोट पुगेर ओलीसँग वार्ता गरेको हो।
सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि बालकोट पुगेका थिए। सुमार नेपाल आएपछि सबैभन्दा पहिले संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गर्नुभएको हो ।

दुई पक्षबीच एमसीसीलाई संसदबाट पास गर्नेुपर्ने विषयमा कुरा भएको बताइएको छ। एमाले पछिल्लो समय एमसीसीबारे अनिर्णित भएको अवस्थामा फातिमासहितको टोलीले अध्यक्ष ओलीसँग पहिलो राजनीतिक भेटघाट गरेको हो।

बिहीबार बिहान काठमाडौं आएको यो टोलीले ओलीपछि अन्य राजनीतिक भेट गर्दै छ। ओलीसँग भेटेपछि फातिमा सुमारको टोली होटल याक एण्ड यतिस्थित एमसीए नेपालको कार्यालयमा आउने बताइएको छ।