काठमाडौं– सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बिनानिष्कर्श सकिएको छ । आज बालुवाटारमा बसेको बैठक एजेन्डामा प्रवेश नगरेरै स्थगित भएको हो ।
बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा साझा धारणा निर्माण, सरकार विस्तार र संसदको रणनीति तय गर्ने एजेण्डा थियो ।
सत्ता गठबन्धनका सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएपछि बैठक शुक्रबार बिहान ९ बस्ने गरी स्थगित भएको छ ।
बैठकमा भाग लिन आएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पनि बीचमै उठेर हिँडेपछि सत्ता गठबन्धनले एमसीसीसहितका विषयमा निर्णय लिन नसकेको हो ।





प्रतिक्रिया