अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन नरोकिने : सर्वोच्चले दिएन अन्तरिम आदेश

कांग्रेस महाधिवेशन नरोकिने : सर्वोच्चले दिएन अन्तरिम आदेश


काठमाडौं– सर्वोच्च अदालतले सत्तारुढ नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको रिट खारेज गरेको छ ।

कांग्रेस बाग्मती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले १७ भदौमा दायर गरेको रिटमा बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेश दिन आवश्यक नरहेको ठहर गर्दै रिट खारेज गर्ने फैसला गरेको हो ।

वैद्यले कोभिड महामारी कायमै रहेको, माओवादी र एमालेको पनि महाधिवेशन नभएको तथा कांग्रेसको वैधानिकता अझै एक वर्ष कायमै रहेको भन्दै मंसिरमा तोकिएको महाधिवेशन स्थगित गर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

उनले रिट दायर गरेको भोलिपल्ट १८ भदौबाट कांग्रेसको वडा अधिवेशन सुरू भएको थियो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन सुरू भइसकेको जानकारी बिहीबारै निर्वाचन आयोगमा बुझाइसकेको छ ।

अदालतले रिट खारेज गरेसँगै अब कांग्रेसको महाधिवेशन नरोकिने भएको छ ।