काठमाडौं– विधान महाधिवेशनका प्रतिनिधि छनौटको मापदण्ड तयारी र चालु संसद बैठकमा पार्टीको भूमिकाका बिषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ ।
दिउँसो चार बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने बैठकमा आगामी असोज ४, ५ र ६ गते हुने विधान अधिवेशनका प्रतिनिधि छनौट, व्यवस्थापन र दस्तावेजका विषयमा छलफल हुने केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
विधान महाधिवेशनका प्रतिनिधी छनौट सम्बन्धमा एमालेमा दुई विकलपमा छलफल भइरहेको छ । संसद पहिलो पटक विभाजन भएपछि पुस ९ गते थपिएका १ हजार ५ सय केन्द्रीय सदस्यलाई नै विधान महाधिवशेनका प्रतिनिधी बनाउने भन्ने एउटा विकल्प छ । दोस्रो पार्टी विधान बमोजिम प्रत्येक निर्वाचन क्षेत्रबाट महिला, दलित सहित सहित चुनिएर आउने व्यवस्थालाई नै कार्यन्वयन गर्ने कि भन्ने बिषयमा पनि छलफल जारी रहेको स्थायी कमिटीका एकजना सदस्यले बताउनुभयो ।
नेकपाकालिन १ हजार १५ सय सदस्यलाई प्रतिनिधि बनाउँदा पार्टी भित्र कै केही पक्ष छुट्न सक्ने भएकोले निर्वाचन क्षेत्रबाट चुनिएर आउनु पर्ने व्यवस्थालाई नै कार्यन्वयन गरेर जाने सम्भावना बढी रहेको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले बताउनुभयो ।





प्रतिक्रिया