झापा- प्रतिनिधि सभाका सांसद एलपी साँवाले बाढी प्रभावित झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभाराको स्थलगत अवलोकनमा जानुभएको छ ।
सावाँले सरकारी अधिकारीहरुसहित प्रभावित क्षेत्र निरीक्षण गर्नुभएको हो । साँवासहित गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, जनताको तटबन्धन कार्यक्रमका प्रमुख रुपनारायण अधिकारी, पूर्वाधार विकास कार्यालयका प्रमुख रमेश श्रेष्ठ, प्राविधिक इञ्जिनियर देवेन्द्र अधिकारी , जनप्रतिनिधिहरु र स्थानीय अगुवा सहितको टोलीले प्रभावित क्षेत्रको अवलोकन गर्नुभयो ।
झापा– ५ बाट निर्वाचित साँवाले प्रभावित नागरिकको समस्या हेरेर समाधानमा तत्कालै सरोकारवालाई लागिपर्न निर्देशन दिनुभयो ।






प्रतिक्रिया