अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोहम्मद अफ्ताव आलमको मुद्धा हेर्न नमिल्नेमा

मोहम्मद अफ्ताव आलमको मुद्धा हेर्न नमिल्नेमा


काठमाडौं-रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका पूर्वमन्त्री मोहमद अफ्ताब आलमको मुद्दामा शुक्रबार पनि सुनवाइ नहुने भएको छ ।

थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा पेशी चढेको थियो ।
तर न्यायाधीश फुयालले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको सर्वोच्च प्रशासनले बताएको छ ।

बम विस्फोटसम्बन्धी मुद्दा जिल्ला अदालत रौतहटमा छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी हाल नख्खु कारागारमा छन् । उनले गत वर्ष नै साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

उनको रिट निवेदन नौ पटक पेशीमा चढेको छ, तर अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।