अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवरोधका बीच राष्ट्रिय सभामा दल विभाजन सम्बन्धि अध्यादेश पेश

अवरोधका बीच राष्ट्रिय सभामा दल विभाजन सम्बन्धि अध्यादेश पेश


काठमाडौं -प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश–२०७८ पेश गरिएको छ।

शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए। तर एमाले सांसदहरुको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले सो अध्यादेश पेश गर्नुभएको छ ।
त्यसैगरी बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुरे र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ।

सो प्रस्ताव पारित गर्नु अघि एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदहरु संसदहरुलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराउनुभएको थियो।

उनले लोकतन्त्रलाई मास्ने काम, दलीय प्रणालीलाई दललाई कमजोर पार्ने काम सरकार, प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोग मिलेर लागेकाले त्यसको विरोधमा बैठक अवरुद्ध गर्नु परेको स्पष्ट पारे।

एमालेले गत २३ गते बुधबारबाट सुरु भएको संघीय संसदको दुवै सदन अवरुद्ध पार्दैै आएको छ।

राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ।