विराटनगर -निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमाले १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा गराएको सनाखतलाई मान्यता दिएको छ ।
आयोगका अनुसार नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ९दोस्रो संशोधन अध्यादेश, २०७८० को दफा ३३ को उपदफा २ ९क० तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ ९दोस्रो संशोधन २०७८० को नियम ५ र नियम ७ ९क० बमोजिम नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि निर्वाचन कार्यालयमा सनाखत गरेका ती १० सदस्यका हकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ९दोस्रो संशोधन अध्यादेश, २०७८० को दफा ३३ ९२ क० बमोजिम दल त्याग गरेको नमानिने भएको हो ।
आयोगका अनुसार प्रदेश १ प्रदेशसभा सदस्यहरु राजन राई, खिनु लङ्वा ९लिम्बू०, पदम कुमारी गुरुङ, गणेश बहादुर कामवाङ, सुनिताकुमारी चौधरी, सावित्रा कुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्र प्रसाद घिमिरे र राजेन्द्रकुमार राई अब नेकपा एकीकृत समाजवादी पार्टीका सांसदका रुपमा कायम रहने भएका हुन् ।
प्रतिक्रिया