अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखप्रति सांसद रेखा झा आक्रोसित, माइक प्रहार गर्ने प्रयास

सभामुखप्रति सांसद रेखा झा आक्रोसित, माइक प्रहार गर्ने प्रयास


काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले पेलेर संसद बैठक अघि बढाएको भन्दै एमाले सांसद रेखा झा आक्रोसित हुनुभएको छ ।

उहाँले शुक्रबारको बैठकमा सभामुख सापकोटातिर हान्न आसनको माइक तान्नुभएको थियो । उहाँले नलुकाइ संवाददाताहरुसित भन्नुभयो, ‘मिलेको भए त्यही माइकले म सभामुखको टाउकोमा हान्थेँ। सभामुखले संसदीय मर्यादा कायम राखेनन् । अब मौका पाएँ भने म सभामुखको टाउकोमा हान्छु।’

नियम कानुन उलंघन गर्नेलाई हान्दा फरक नपर्ने उहाँको भनाइ छ । ‘सभामुखले संसदीय मर्यादा कसले कायम गर्न सकेनन्,’ उहाँले भन्नुभयो, ‘हामीले आज त माइक मात्रै तान्यौँ, अब मौका मिल्यो भने सभामुखलाई हान्छौँ।’

एमालेको विरोधबीच सभामुखले संसदको कारबाही अगाडि बढाउनुभएको थियो ।