काठमाडौं -नेपाल भ्रमणमा रहेको अमेरिकी अनुदान सम्झौता एमसीसीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले आज बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुगेर छलफल गरेको हो ।
भेटमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाउने सरकारको योजना रहेको बताएको भेटमा सहभागि कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
भेटपछि ट्वीट गर्दै प्रधानमन्त्री देउवाले सुमारसँगको भेटमा एमसीसी सम्झौता लगायत नेपाल र अमेरिकाबीचको द्धिपक्षीय साझेदारीबारे छलफल भएको जनाउनुभएको छ । ।
एमसीसी सम्झौताको कार्यान्वयनबाट नेपालको सम्भावित आर्थिक सम्भाव्यताबारे समेत छलफल भएको देउवाले जनाएका छन् । एमसीसी उपाध्यक्षलाई भेट्न पाउँदा देउवाले खुशि व्यक्त गर्नुभएको छ ।





प्रतिक्रिया